पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन । सुख्खा पहिरो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक केहीबेर अघिबाट दुईतर्फी सञ्चालनमा आएको छ ।

शनिबार साँझ इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै शनिबार साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पहिरोमा परी एक जना घाइतेसमेत भएका थिए ।

घाइते हुनेमा हाइस माइक्रोका चालक नवलपुर कावासोती नगरपालिका–७ बस्ने ३६ वर्षीय टीकाराम महतो रहेको प्रहरीले जनाएको छ । उनको हातमा सामान्य चोट लागेको हो ।

पहिरो पन्छाएर दुईतर्फी सडक सञ्चालनमा ल्याइएको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *