मूल्यवृद्धिको विरोधमा रंगेलीमा निस्कियो मसाल जुलुस

विराटनगर । मूल्यवृद्धिको विरोधमा मोरङको रंगेलीमा मसाल जुलुस निस्किएको छ। ईन्धन, ग्यासमा भएको अत्याधिक मूल्य वृद्धिको विरोधमा खेलकुद महासंघले मसाल जुलुस निकालेको हो ।

शनिवार साँझ रंगेली बसपार्कबाट मसाल जुलुस निस्किएको महासंघले जनाएको छ। रंगेली बसपार्कदेखि सुरु भएको मसाल जुलुसमा युवाहरुले मूल्यवृद्धि फिर्ता गर्नु पर्ने माग राखेका छन् ।

मसाल जुलुस रंगेली बसपार्क, मुख्य बजार र कालिमंन्दिर प्राङ्गणमा पुगेर कोण सभामा परिणत भएको थियो । ग्यास, पेट्रोल, डिजलमा सरकारले मूल्यवृद्धि गरेको भन्दै मूल्य वृद्धि खारेज गर्नु पर्ने आफुहरुको माग रहेको खेलकुद महासंघ मोरङका जिल्ला सचिव प्रकाश भट्टराईले बताए । महासंघले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षप गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *