ओलीलाई देउवाको जवाफ: छिटफुट घटनालाई लिएर निर्वाचनप्रति संशय व्यक्त गर्नु उचित होइन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक मुलुकमा स्थानीय तहको चुनाव देशभर एकैपटक सम्भव भएको बताएका छन् । उनी भन्छन्, यो खुसीको कुरा हो । मतदानमा सहभागी हुने सबै मतदाताहरुप्रति आभार प्रकट गर्न चाहन्छु ।

शनिवार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले सिमत स्रोत साधनकाबीच शान्तिपुर्ण रुपमा चुनाव भएको उल्लेख गरे ।

प्रमुख विपक्षी दल नेकपा एमालेले निर्वाचन स्वच्छ हुन नसकेको भनी उठाएका प्रश्नप्रति लकि्षत गर्दै उनले भने, छिटफुट घटनालाई लिएर संशय व्यक्त गर्नु उचित होइन ।

यसअघि सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै एमाले अध्यक्ष ओलीले निर्वाचन शानि्तपुर्ण रुपमा सम्पन्न हुन नसकेको भनी सरकारको आलोचना गरेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले छिटफुट घटनालाई लिएर संशय व्यक्त गर्नु उचित नहुने बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *