प्रतिनिधिसभामा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राज्य व्यवस्था तथा समितिका सदस्य देवेन्द्रराज कँडेलले ‘राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७९’ पेश गरेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन तयार पार्दासम्म २३३ बैठक सम्पन्न भएको उनले जानकारी दिए । कोभिड–१९ को प्रभाव कायमै रहँदा स्वास्थ्य सुरक्षा मापदण्डलाई समेत ध्यानमा राखेर बैठक बसेको पनि उनले जानकारी गराए ।

कँडेलले पछिल्लोपटक भने २५ बैठक विधायनसँग सम्बन्धित र अन्य बैठक समसामयिक विषयमा रहेको जानकारी गराएका छन् । समितिमा १४ विधेयक प्राप्त भएकामा पारित भई प्रतिनिधिसभामा पेश गरिएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *