कांग्रेस महामन्त्री गगन थापाको मानवता हराउन लागेको एमाले सांसद शान्ता चौधरीको टिप्पणी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद शान्ता चौधरीले नेपली कांग्रेसका महामन्त्री गगनकुमार थापा थापाबाट मानवता हराउन लागेको भन्दै आपत्ति व्यक्त गरेकी छन्।

महामन्त्री तापाले एमाले अध्यक्ष केपी ओलीमाथि गरेको टिप्पणीउपर खण्डन गर्ने क्रममा सांसद चौधरीले यस्तो बताएकी हुन्। आज शनिबार सम्पन्न प्रतिनिधिसभाको बैठकमा  महामन्त्री थापाले बोलेको अभिव्यक्तिलाई लक्षित गर्दै चौधरीले भनेकी छन्, ‘गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो।’

बिहीबार सम्पन्न संसद बैठकमा अध्यक्ष ओलीले स्वास्थ्यावस्था प्रतिकुल रहेको जानकारी गराउँदै कुर्सीमा बसेर सम्बोधन गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटासँग अनुमति मागी ३ घण्टा लामो भनाइ राखेपछि गठबन्धनआबद्ध दलका सांसदहरूले ओलीको सो गतिविधिमाथि खेद एवं कटाक्ष प्रस्तुत गर्दै आइरहँदा कांग्रेस महामन्त्री थापाले पनि आलोचना व्यक्त गरेका थिए।

महामन्त्री थापाको सोही टिप्पणीमाथि खण्डन गर्दै आज शनिबार सांसद चौधरीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो प्रतिक्रिया दिएकी हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *