जब सांसद गजेन्द्रले सभामुखलाई ताला चावी बुझाए (भिडिओ)

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले प्रतिकात्मक रुपमा सभामुखलाई ताला चावी बुझाएका छन् ।

प्रमुख प्रतिपक्षले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति रहेको भन्दै सभामुखलाई बिरोध स्वरुप ताला चावी बुझाएर आफ्नो मुखमा ताल्चा लगाउन अनुरोध गरेका थिए ।

उनले प्रतिपक्षीहरु ३ घण्टा धित मरुन्जेल बोल्ने अनि अरुलाई गाली नदिने बताएका थिए ।

त्यस्तै महतले गाली गर्न ३ घण्टा समय र कर्णालीको आवाज बोल्नेलाई ३ मिनेट समय दिएको भन्दै असन्तुष्टि ब्यक्त गरेका थिए । उनले संसदमा बोल्नको लागि जम्मा ४ मिनेटको समय पाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *