नागरिकताको समस्या तत्काल समाधान गरौँ : उपेन्द्र यादव (भिडिओ)

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न जिल्लामा आमाबुबा दुवैले नागरिकता पाए पनि तिनका सन्तानले हालसम्म नागरिकता पाउन नसकेको भन्दै तत्काल उनिहरुको समस्या समाधानको माग राखेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सरकारको आगामी आर्थि वर्षको निती तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै यादवले नागरिकताको विषय सबैभन्दा गम्भीर रहेकोले अब कुनै पनि बहानामा उनीहरुको समस्याको नजरअन्दाज गर्न नहुने उल्लेख गरेका छन् ।

सङ्घीय निजामती विधेयक तत्काल सङ्घीय संसदमा पारित गरेर कार्यान्वयनमा ल्याउनसमेत आग्रह गरेका छन् । बहुभाषिक निती लागू गरेर एकभन्दा बढी भाषालाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गराउन अध्यक्ष यादवले माग गरेका छन् ।

जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्न आग्रह गर्दै सिमान्तकृत र बहिस्करणमा पारिएका समुदायलाई विशेष ध्यान दिनुपर्ने यादवले बताए ।

उनले पछाडि परेका वर्ग तथा समुहलाई प्राथमिकतामा राख्न, ४० प्रतिशतभन्दा बढी युवालाई केन्द्रमा राख्न, आर्थिक दृष्टिकोणले पछाडी परेका तराई–मधेसका जिल्लालार्य यथेष्ट बजेटको प्रबन्ध गर्न अध्यक्ष यादवले आग्रह गरे ।

विकासलाई सन्तुलित तवरले अगाडी बढाउने गरी कार्यक्रम अगाडी बढाउन यादवले ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *