वर्तमान सरकार सत्तामा आएपछि एकै दाना रासायनिक मल भित्रिएको छैन: पद्मा अर्याल

काठमाडौँ । आज शनिबार प्रतिनिधिसभा बैठकमा नेकपा एमाले सांसद पद्मा अर्यालले वर्तमान सरकार सत्तासिन भएपछि रासायनिक मल एक दाना पनि नभित्रिएको टिप्पणी गरेकी छन्।

संसदमा शनिबार जारी निती तथा कार्यक्रमको छलफलमा एमाले सांसद अर्यालले निती तथा कार्यक्रममा कृषिलाई नसमेटिएको र बेवास्ता गरिएको बताएकी हुन्। उनले अहिलेको सरकारले एक दाना मल पनि भित्र्याउन नसकेको बताएकी छन्। पूर्व कृषिमन्त्रीसमेत रहेकी सांसद अर्यालले निती तथा कार्यक्रममा रासायनिक मलको व्यवस्था भनेर लेखिएको तर किसानहरू भने मलको अभाव भई उत्पादन घटेका कारण आर्थिक सङ्कट झेल्न बाध्य भएको बताएकी छन्।

रासायनिक मलको व्यवस्थाप्रति सरकार उदासिन रहेको टिप्पणी गर्दै सांसद अर्यालले प्रश्न गरेकी छन्, ‘अर्को सालमा मल व्यवस्था गर्ने कुरा मात्रै निती तथा कार्यक्रममा राख्दा यस वर्षको धानखेतीको लागि रासायनिक मलको सुनिश्चितताको आधार के हो?’

प्रतिवर्ष १३ लाख ५० हजार मेट्रिक टन रासायनिक मल आवश्यकता पर्नेमा आज कति मल स्टक छ भनेर पनि उनले प्रश्न गरेकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *