डम्पिङ साइटको अनुगमनमा बालेन शाह, फोहर व्यवस्थापन नगरी अन्तर्वार्ता नदिने

२०७९ जेठ १३ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)ले आज नुवाकोटको ओखरपौवा, सिस्डोल र बञ्चरेडाँडालगायतका डम्पिङ साइटको अवलोकन गरेका छन्।
मेयर शाहले फोहरको समस्या दीर्घकालीन रूपमा समाधान नभई कुनै जितको उत्सव नमनाउने, खादा र मालासमेत नलगाउने बताएका छन्। साथै, उनले काठमाडौँको फोहर व्यवस्थापन नगरी अन्तर्वार्तासमेत नदिने बताएका छन्।
हिजो बिहीबार सम्पन्न भएकाे मतगणना अनुसार साहले ६१ हजार ७६७ मत ल्याई मेयर पदमा विजयी भएका हुन्। त्यस्तै, कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी छन्। एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन्।

२०७९ जेठ १३ गते
प्रतिक्रिया
सम्बन्धित