नीति कार्यक्रममा प्रधानमन्त्री र मन्त्रीहरुकै जिल्लाका योजना ल्याइयो : अध्यक्ष लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनले जनस्वास्थ्यबारे सरकारको नीति कार्यक्रममा ठोस योजना नआएको भन्दै आलोचना गरेका छन् । प्रतिनिधि सभा संसदमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले यस्तो आलोचना गरेका हुन् ।

पाँचौँ पटक देशको प्रधानमन्त्री भएका शेरबहादुर देउवाले उनकै गृह जिल्लामा मेडिकल कलेज र ठूला ठूला सडक बनाउने परियोजनाहरु समावेश गरेको समेत उनले बताए ।

‘पाँचौं चोटी प्रधानमन्त्री भएको व्यक्तिले ल्याएको नीति तथा कार्यक्रममा आफ्नो गृह जिल्लामा मेडिकल कलेज स्थापना गर्ने राख्नुभयो,’ अध्यक्ष लिंदेनले ने, ‘मन्त्रीजीहरुको जिल्लामा ठूलो ठूलो बाटो बनाउने नीति तथा कार्यक्रममा छ । देशको नीति तथा कार्यक्रम यही हो ?,’

जनस्वास्थ्यबारे नबोलेको, किसानले मल बिउ पाउनु पर्ने विषयमा केही नबोलेको र युवालाई देशभित्रै रोजगारी दिनेबारे ठोस योजना नल्याएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *