गण्डकीका मुख्यमन्त्री र पूर्व मुख्यमन्त्रीबीच बजेटबारे छलफल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आउँदो बजेटबारे सुझाव लिन पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेका छन् ।

मुख्यमन्त्री निवासमा आगामी बजेट निर्माण, नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

गुरुङले संघीयता मजबुत बनाउन, प्रदेशको औचित्य पुष्टि हुने र नागरिकको मन छुने बजेट निर्माण गर्न सुझाव दिए । संघ सरकारले अझै पनि अधिकार र स्रोत हस्तान्तरणमा उदारता देखाउन नसकेको भन्दै अधिकार लिनका लागि मेहनत गर्न उनको सुझाव छ ।

यसअघि पूर्व मुख्यमन्त्री गुरुङकै नेतृत्वमा मुख्यमन्त्रीहरुको भेला पोखरामा राखेर काठमाडौँलाई चुनौती दिएका थिए । संविधानले दिएको अधिकार संघ सरकारले मुठी कसेर राखेपछि त्यसका विरुद्ध जुध्न उनको आग्रह छ ।

मुख्यमन्त्री पोखरेलले पनि असारसम्म मुख्यमन्त्रीहरुको भेला राखेर अधिकारका बारेमा छलफल गर्ने बताएका छन् । संघको केन्द्रिकृत मानसिकता अझै उस्तै रहेको भन्दै उनले त्यसका विरुद्ध सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *