व्यासमा पुनः मतगणनामा हुने नहुनेमा अन्योल; अदालतले दियो कारण देखाऊ आदेश

पोखरा । तनहुँको व्यास नगरपालिकाको मेयरमा पराजय भएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले पुनः मतगणनाको लागि अदालतमा रिट दिएका थिए।

गणनामा गडबडी भएको आरोपसहित उनले उच्च अदालत पोखरामा दिएको रिटउपर विपक्षीका नाममा १५ दिनभित्र कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश ऋषि राजभण्डारी र श्रीधराकुमारी पुडासैनीले आदेशमा निवेदकको मागबमोजिम किन पुनःगणना गर्नु नपर्ने हो भनी लिखित रूपमा जवाफ दिन आदेश दिएको हो।

जोशीले मुख्य निर्वाचन अधिकृतको कार्यालय, विजयी मेयरलगायत पाँच पक्षलाई विपक्षी बनाउँदै निवेदन दिएका थिए। कतिपय केन्द्रमा घोषणा गरिएको भन्दा बढी मत गणना भएको र कतिपयमा घोषित मत नपुगेको उनको आरोप छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *