निजगढ विमानस्थलमाथि सर्वाेच्चकाे फैसलाबारे माधवकाे आशङ्का- ‘हामी अरु नै चिजबाट प्रभावित भएका त छैनाैँ’

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउन नपाइनेगरी सर्वाेच्च अदालतले गरेकाे फैसलाकाे विराेध गरेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा भएकाे नीति तथा कार्यक्रममाथिकाे छलफलमा भाग लिँदै उनले भनेका छन्, ‘कतै हामी अरु नै चिजबाट प्रभावित भएका छैनाैँ । विकासकाे अभियन्ता हामी सबै हुनुपर्ने हाे । तर कस्ताे देश बनेछ हाम्राे ? हामीले झन्डै एक दशक अध्ययन गरेर निजगढ विमानस्थल बनाउने भन्याैँ तर, त्यसलाई बनाउन नपाइनेगरी निर्णय भएकाे सुनेँ । याे दुखद्पूर्ण छ ।’

उनले त्यहाँ प्रशस्तै अध्ययन र अनुसन्धान गरेर विमानस्थल बनाइएकाे जिकिर गरेका छन् । ‘मास्टरप्लान बनिसकेकाे अवस्थामा, ३ अर्ब रुपैयाँ खर्च भइसकेकाे अवस्थामा, कामहरू भइसकेकाे अवस्थामा याे राेक लगाउनु राम्राे भएन । त्यहाँ विमानस्थल बनाउनु सबै हिसाबले उपयुक्त हुन्छ ।’

उनले यसलाई दलहरूले गम्भीरताका साथ लिन पनि अनुराेध गरेका छन् ।

♦ याे पनि:
   प्रधानमन्त्रीलाई संसद्‌बाट माधवकाे आग्रह- ‘नीति तथा कार्यक्रमबारे दलहरूसँग छलफल गर्नुस्’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + sixteen =