गोकर्णेश्वर नगरकार्यपालिकामा एमालेको बहुमत

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको आज सम्पन्न कार्यपालिका सदस्यको निर्वाचनपश्चात नगरकार्यपालिकामा एमालेको बहुमत भएको छ।

कुल १९ सदस्यीय कार्यपालिकामा आज निर्वाचित ८ जना सदस्यसहित एमालेको १४ सिट भएसँगै बहुमत पुगेको हो। आजबाट गोकर्णेश्वर नगरकार्यपालिकामा एमालेको ५ वडा अध्यक्ष, ८ निर्वाचित सदस्य र १ जना उपमेयरसहित १४ जना यसैगरी कांग्रेसको १ मेयर र ३ वडा अध्यक्षसहित ४ जना र १ स्वतन्त्र रहनेछन्।

आज सम्पन्न निर्वाचनममा स्वतन्त्र रूपमा जितेका वडा नं ४ अध्यक्षले कांग्रेसलाइ समर्थन गर्दै मत दिएका थिए। कुल मत ४७ रहेको पालिकामा एमालेले २४ र कांग्रेसले २३ मत प्राप्त गरेको निर्वाचन आयोगको कार्यालय गोकर्णेश्वरले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *