लुम्बिनीको तिलोत्तमामा कांग्रेसका खाँण विजयी

काठमाडौँ । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत रुपन्देहीका सबै पालिकाको मतगणना सम्पन्न भएको छ।

लुम्बिनीका १६ पालिकामध्ये पछिल्लोपटक आज सार्वजनिक भएको मतगणना परिणामअनुसार तिलोत्तमा नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन्। उनले २४ हजार ३९६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मोहन चापागाईंले २३ हजार ६३१ मत प्राप्त गरेका छन्।

यस्तै, उपप्रमुखमा एमालेकी जागेश्वरदेवी चौधरी निर्वाचित भएकी छन्। उनले २३ हजार ८६ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रकी हेमलाल पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरेकी छन्। नगरपालिकाका १७ वडामध्ये ९ वडामा कांग्रेस र ८ वडामा एमाले विजयी भएको छ। नवनिर्वाचित प्रमुख खाँणले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मतपरिणाम सार्वजनिकलगत्तै पत्रकारसँग कुराकानी गर्दै उनले सबैलाई मिलाएर काम गर्ने बताए।

रुपन्देहीमा कांग्रेसले बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा जित हासिल गरेको छ। एमालेले देवदह नगरपालिकामा जित हासिल गरेको छ। यस्तै, जिल्लाका १० गाउपालिकामध्ये कांग्रेसले शुद्धोधन, कञ्चन, मायादेवी र सम्मरीमाई गाउपालिकामा जित हासिल गरेको छ। एमालेले गैडहवा र ओमसतिया गाउँपालिकामा जित हासिल गरेको छ।

कोटहीमाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी, मर्चवारीमा जनता प्रगतिशील पार्टी र रोहिणी गाउँपालिकामा जनता समाजवादी पार्टीले जित हासिल गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *