‘फोन पे डिजिटल इकोनोमी कन्क्लेभ’को दोस्रो संस्करण हुँदै

काठमाडाैँ । मुलुकको अर्थतन्त्र तीब्र रूपमा डिजिटाइजेशन तर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आयोजना हुने भएको छ।

ब्राण्डवर्थ प्रालिको आयोजनामा यही जेठ २० गते उक्त कन्क्लेभ हुने भएको हो। कन्क्लेभमा डिजिटाइजेशनका पछिल्ला सम्भावना, अवसर तथा चुनौतीहरूका बारेमा सबै सरोकारवालाहरूसँग बृहत छलफल हुनेछ।

संस्करणमा ‘बदलिदो समय, बदलिदो अर्थतन्त्र’, ‘सधैंका लागि प्रभाव’, ‘नेपालः सानो बजार कि असिमित सम्भावना?’ तथा ‘ हामीसँग नेपाली युनिक पहिचान कहिले हुनेछ?’ गरी विषयमा विभिन्न चार वटा सत्रहरूमा बृहत् अन्तर्क्रिया र बहस हुने बताइएको छ।

कोभिड-१९ महामारीबीच विश्वको डिजिटल अर्थतन्त्र फस्टाएको छ। अहिले प्रायः मानिस अनलाइन कारोबारतर्फ आकर्षित देखिन्छन्। परम्परागत व्यवसाय गर्ने वा अफलाइन व्यवसाय गर्ने धेरैले आफ्नो व्यवसायलाई अनलाइनमा रुपान्तरण गर्दै लगिरहेका छन्।

यस वर्षको कन्क्लेभको मुख्य उद्धेश्य कोभिड-१९ प्रभावबाट सामान्यकृत हुँदै गएको आर्थिक गतिविधि र जनजीवनमा डिजिटाइजेशनलाई कसरी आर्थिक वृद्धि र सामाजिक न्याय प्राप्तिका लागस प्रयोग गर्न सकिन्छ भन्ने रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कन्क्लेभमा भिसाको दक्षिण एशिया र भारतका लागि ग्रुप कन्ट्री म्यानेजर सन्दिप घोष तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीद्धारा भाषण प्रस्तुत हुनेछ। साथै, नेपालको डिजिटल विकासका बारेमा अर्थमन्त्री जनार्दन शर्मा र सञ्चार तथा सूचना प्रविधी मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँगको बेग्लै सत्र समेत हुने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *