सहिदका सपना अझै पूरा भएनन् : प्रचण्ड

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिदहरूले देखेको सपना अझै पूरा हुन नसकेको बताएका छन् ।

कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले सहिदको सपना अझै पूरा नभएको भन्दै समाजवाद स्थापनाका निम्ती सामाजिक रुपान्तरणको अभियानको आवश्यकता रहेको बताएका हुन् ।

विभिन्न आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा रहेको र संविधानमा अवको राज्य समाजवादउन्मुख हुने उल्लेख हुनु सानो विषय नभएको उनकाे भनाई छ ।

उनले अहिले सिष्टमको कमजोरीका कारण समाज रुपान्तरण क्रान्तिकारी ढंगले नभई दिग्भ्रम र विचलनतिर गइरहेको उल्लेख गरे । उनले त्याग र साधनाको संस्कृति अपनाउने कुरामा प्रतिवद्ध भएमात्रै कृष्ण सेनप्रति सच्चा श्रद्धाञ्जलि हुने पनि बताए ।

कार्यक्रममा कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार–२०७८ गोविन्द आचार्यलाई, कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार–२०७९ : महेश्वर दाहाललाई प्रदान गरिएको थियो भने शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार–२०७८ : बलराम थापा र शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार–२०७९ : लक्ष्मी पुनलाई प्रदान गरिएको थियो ।

विसं २०५९ जेठ १३ गते प्रदर्शनीमार्ग स्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला कृष्णसेन ‘इच्छुक’को हत्या भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 1 =