राम्राे काममा मेयर बालेनलाई सघाउन सधैँ तयार छाैँ : माधव नेपाल
२०७९ जेठ १३ गते

काठमाडाैँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडाैँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहलाई सहयाेग गर्न सधैँ आफ्नाे पार्टी तयार रहेकाे बताएका छन् । उनले भनेका छन्, ‘यहॅाले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडाैँलाई उत्कृष्ट शहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवम् सहकार्य गर्न हाम्रो पार्टी सदैब तत्पर रहेको छ ।’
बालेन गठबन्धन र एमालेलाई भारी मतान्तरले पछि पार्दै काठमाडाैँका मेयरमा निर्वाचिते बनेका छन् ।
२०७९ जेठ १३ गते
प्रतिक्रिया
सम्बन्धित








