बालेन एक्लै छन् भन्ने नसोचौँ, जनताकाे काममा मेयरलाई सघाऔँ : महामन्त्री शर्मा

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौँ काठमाडाैँका मतदाताले आफूहरूलाई बदलिन सन्देश दिएकाे बताएका छन् ।

महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले जितेकाे सन्दर्भमा उनले आफूहरू बदलिनुपर्ने उल्लेख गरेका हुन् ।

शर्माले ट्विटरमा लेख्दै भने, ‘बालेनलाई दिउँ बधाई, बदलौं आफूलाई । बालेनलाई जिताएर काठमाडौंका सचेत मतदाताले हामीलाई बदलित सन्देश दिएका छन्,’

त्यस्तै, उनले जनताकाे काममा मेयरलाई सघाउनु सबैकाे कर्तव्य रहेकाे समेत बताए । ‘जनताको काममा जननिर्वाचित मेयरलाई सघाउनु हामी सबैको कर्तव्य हो,’ शर्माले भने, ‘मतदाताले जिताइसकेपछि बालेन एक्लै हुन् या एक्लै छन् भन्ने नसोचौं।’

बालेनको जितमा जनताले आशा देखेको पनि समेत उनले बताएका छन् । ‘बालेनको विजय हाम्रो पराजय मात्र होइन उनीप्रति आशा र विश्वासको जित पनि हो,’ उनले भने, ‘लोकतन्त्रमा जनता जनार्दनको फैसला सर आँखो पर ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =