६१७६७ मतसहित काठमाडौँ मेयरमा बालेन शाह विजयको अझै करिब

२०७९ जेठ १२ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा अग्रता कायम राख्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) जितको करिब पुगेका छन्।
स्थापित राजनीतिक दलका बलिया प्रतिस्पर्धीहरूलाई भारी मतले पछाडि छोड्दै बालेनले हालसम्म ६१७६७ मत प्राप्त गरेका छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८३४१ मत प्राप्त गरी दोस्रो स्थान बनाएकी छन्। कांग्रेसकी सिंहभन्दा बालेन २३४२६ मतले अघि छन्।
मतगणना अझै जारी छ।

२०७९ जेठ १२ गते
प्रतिक्रिया
सम्बन्धित