नबिल बैंक आईजे ग्लोबल पत्रिकाको शीर्ष २० बैंकको सूचीमा सुचीकृत

काठमाडौँ । नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत आईजे ग्लोबल पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूको एस्क्लुसिभ लिग तालिकामा सूचीकृत भएको छ । आईजे ग्लोबल युरोमनी संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो । र विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ ।

आईजे ग्लोबल तथ्यांकले ३२ हजारभन्दा बढी कारोबारहरू, २६ हजार परियोजनाहरू र २ हजार १ सय कोषहरू समावेश गर्दछ । जुन शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८० प्रतिशत, शीर्ष कानूनफर्महरूको ९० प्रतिशत र शीर्ष वित्तीय सल्लाहाकारको ८५ प्रतिशतको को बजार कभरेजको साथ दैनिक आधारमा अद्यावधिक गरिन्छ ।

यो मान्यता अनुसार नबिल बैंकको कर्जा प्रशोधन प्रक्रिया, पूर्वाधार लगानीमा विशेषज्ञता र विशेष गरी ऊर्जा क्षेत्रमा कर्जा लगानीमा बैंकले लगानी परियोजनाहरु प्रदर्शन गर्दछ । वरियता लिग तालिकामा नबिल बैंक १४ औँ स्थानमा छ, जुन ग्लोबल सिस्टमेटिकली इम्पोर्टेन्ट ब्यांक शीर्ष २० औँमा पर्न सफल भएको छ । लिग तालिकामा नबिल बैंकको सूचीकरणले बैंकको बजार प्रोफाइल बढाउनुको साथै अन्तर्राष्ट्रिय बजारमा बैंकको साख स्थापित गर्ने अपेक्षा गरिएको छ ।

नबिल बैंकले शाखा बैंकिङ, ट्रेजरी, ट्रेड, कार्ड, रेमिट्यान्स र लगानी बैंकिङमार्फत १५० शाखा, १८७ एटिएम र १७० भन्दा बढी बेकिंग साझेदारहरूसँग मार्फतअन्तर्राष्ट्रिय बजारमापहुँचव्यावसायिक बैंकिङसेवागर्दै आएको छ । नबिल बैंक देशमा पूर्वाधार लगानी ठूलो ऋण सिन्डिकेशन व्यवस्थामा अगाडि छ । निर्माणमा आधारित उद्योगहरू, जस्तै, सिमेन्ट र स्टिल कलकारखानाले नबिल बैंकबाट कर्जा लिइचलेका उद्योगहरूबाट देशको कुल खपतको ५० प्रतिशत मागपूर्ति गर्दै आएको छ ।

जलविद्युत क्षेत्रमा १ हजार ८ सय मेगावाटसम्मको आन्तरिकजलविद्युतउत्पादनमाअधिकतमनबिल बैंकको लगानी छ । त्यसैगरी नबिल बैंक निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको लागि देशकै सबैभन्दा ठूलो ऋण सिण्डिकेशन व्यवस्थापनको एक महत्वपूर्ण हिस्सा पनि हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *