निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारेको सर्वोच्चको फैसला प्रतिगामी : योगेश

काठमाडौँ । एमालेका सचिव एवम् पूर्वमन्त्री योगेशकुमार भट्टराईले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउनेगरी सर्वोच्च अदालतले गरेको फैसला प्रतिगामी भएको बताएका छन् । सर्वोच्च अदालतले विमानस्थल बनाउन नपाउनेगरी फैसला गरेपछि उनले भनेका छन् ‘सर्वोच्च अदालतको आजको निर्णय अत्यन्तै घातक र प्रतिगामी छ । नेपालको हवाई उड्डयनको गेम चेन्जर आयोजना र त्यसमार्फत मुलुकको सम्मृद्धिको यात्रामाथिको बलत् हस्तक्षेप हो ।’

उनले फैसला सच्याउन मागसमेत गरेका छन् ।

निजगढमा विमानस्थल बनाउन सरकारले गरेका सबै निर्णय न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले उत्प्रेषणको आदेशले बदर गरिदिएको हो । यसपछि उनले यस्तो बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *