जलमग्न सभागृह, झरिले पनि रोकेन बालेन समर्थकको उत्साह (तस्बिरहरु)

काठमाडौँ । स्थानीय निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकाको मतगणना अझै राष्ट्रिय सभागृहमा जारी छ । बिहीबार पनि स्वतन्त्र उम्मेदवार बालेन साहका समर्थक सभागृह अगाडि उत्साहका साथ नारावाजी गरिरहेका थिए । यसैबीच परेको मुसलधारे वर्षाले राष्ट्रिय सभागृह नै जलमग्न भयो । तर, वर्षाका बीच पनि बालेनका समर्थकको उत्साहमा भने कुनै कमी देखिएन । ‘यो वर्षा त के तिम्रा लागि हामी असिना नै थग्न सक्छौँ’ भनेजस्तै उनीहरू वर्षामा पनि बेपर्वाह बालेनकाे पक्षमा नारावाजी गर्दै उत्साहित बनिरहेका दृष्य निकै रोमाञ्चित देखियो ।

हेर्नुहोस् तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *