अटोमेटिक पेस्तोल र गोली सहित २ जना पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका-८ बालकुमारीबाट मेड ईन युएसए लेखिएको अटोमेटिक पेस्तोल १ थान, माग्जिन २ थान र गोली ४ राउण्ड सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका-१५ घर भएका २० वर्षीय सुरेन्द्र थिङ र ३९ वर्षीय वीर बहादुर बम्जन रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *