झलनाथको टिप्पणी- ‘एमाले अदालतले बनाएको पार्टी हो’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो पूर्वदल नेकपा (एमाले) अदालतले बनाइदिएको पार्टी भएको बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा भाग लिँदै उनले भनेका छन् ‘साँचो हो यो सरकार परमादेशबाट बनेको सरकार हो । तर सँगै के पनि बिर्सिनुभएन भने प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि उत्प्रेषणबाट बनेको हो । त्यो पनि अदालतले नै बनाइदिएको पार्टी हो ।’

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुई पटक संसद विघटन गरेको स्मरण गर्दै भनेका छन् ‘यो थलो भनेको राजनीतिक समस्याहरूको समाधान खोज्ने थलो हो । यसबाट भाग्न खोजेपछि त्यो समस्या निश्चय नै अदालत पुग्छ र अदालतले त्यस्तो परमादेश दिन सक्छ । यसलाई स्वाभाविकरूपमा लिनुपर्छ । र हाम्रो सवालमा पनि भएको त्यही नै हो ।’

उनले एमाले अध्यक्ष केपी ओलीलाई गठबन्धनको सरकारलाई परमादेशको सरकार भन्नुपूर्व आफ्नो दल अदालतले बनाइदिएको स्मरण गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *