ललितपुरको बालकुमारीबाट पेस्तोलसहित एक पुरुष पक्राउ
२०७९ जेठ १२ गते

काठमाडौँ । ललितपुरको बालकुमारीबाट पेस्तोलसहित एक पुरुष पक्राउ परेका छन्।
आज बिहीबार दिउँसो साढे एक बजेतिर विशेष सुराकीका आधारमा खटिएको प्रहरीको टोलीले पेस्तोलसहित एक पुरुषलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका वडा नं १५ निवासी ३९ वर्षीय वीर बहादुर बम्जनलाई पेस्तोलसहित पक्राउ गरिएको हो। बम्जनको साथबाट मेड इन यु.एस.ए. लेखिएको अटोमेटिक पेस्तोल १ थान, माग्जिङ २ थान र ४ राउण्ड गोली बरामद गरिएको हो।
प्रहरीले उनीमाथि थप आवश्यक अनुसन्धान गरिरहेको छ।
विज्ञप्ति:
२०७९ जेठ १२ गते
प्रतिक्रिया
सम्बन्धित








