हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ

उदयपुर । उदयपुरको कटारीमा हजुरआमाको हत्या आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
कटारी नगरपालिका–७ रिस्कुकी ७० वर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २६ वर्षीय नाति रोहित दनुवारलाई प्रहरीले पक्राउ गरेको हो। आज बिहान हजुरआमा र नाती बिच जग्गा अंशबण्डाको विषयमा विवाद भई झगडा भएको प्रहरीले जनाएको छ। त्यही विवादको क्रममा रोहितले मनमायालाई शरीरका विभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
घटना बारेमा ईलाका प्रहरी कार्यालय कटारीबाट गएको प्रहरी टोलीले शवलाई कानुनी प्रक्रिया गरी परीक्षणको लागि कटारी अस्पताल पठाएको छ भने हत्यामा संलग्न रहेको आरोपमा नाति रोहितलाई नियन्त्रणमा लिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *