विमलेन्द्रलाई प्रमुख अतिथि बनाइएपछि जनप्रतिनिधिले बहिष्कार गरे शपथ ग्रहण

जनकपुरधाम । नेपाली कांग्रेस नेता विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाइएपछि जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ ग्रहण बहिष्कार गरेका छन् ।

मेयर मनोजकुमार साहले उपमेयर, वडाध्यक्ष र सदस्यहरूलाई शपथग्रहणका लागि कार्यक्रम आयोजना गरेका थिए । प्रमुख अतिथि नेता निधिलाई बनाएपछि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले कार्यक्रम बहिष्कार गरेका हुन् । उनीहरूले सामूहिकरूपमा कार्यक्रम बहिष्कार गरेका छन् ।

एमालेबाट निर्वाचित ७ वडाध्यक्ष र २९ वटा सदस्यले शपथग्रहण कार्यक्रम सामूहिकरूपमा बहिष्कार गरेका छन् । एमाले जनप्रतिनिधिको संयुक्त विज्ञप्तिमा निधिलाई प्रमुख अतिथि बनाएकाले शपथग्रहण समारोहमा उपस्थित हुन असमर्थ भएको उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *