बुढीगण्डकी आफैँले बनाउने सरकारी नीतिप्रति ओलीले भने– गफै त हो नी सम्धी !

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा बुढीगण्डकी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत् आयोजना नेपालको आफ्नै लगानीमा निर्माण गर्ने भन्ने विषय गफ मात्रै भएको बताएका छन् ।

संसदमा जारी सरकारको नीति तथा कार्यक्रममाथिको छलफल कार्यक्रममा बोल्दै बिहीबार उनले यस्तो बताएका हुन् ।

ओलीले भने– ‘बुढीगण्डी जलविद्युत् आयोजना नेपालको आफ्नै लगानीमा निर्माण गरिने भनेर लेखिएको छ, गफै त हो नी सम्धी भने जस्तो,’ उनले भने, ‘हामीले पनि आफैँले गर्ने भनेका थियौँ । अरु कसैलाई निर्माण गर्न दिइहाल्ने भनेका थिएनौँ । आहिले आएर आफ्नै लगानीमा बनाउने भनेर सरकारले कसलाई खुसी बनाउन लागेको हो ?’

१२ सय मेगावाट क्षमतामा निर्माण गर्ने भनिएकाे उक्त राष्ट्रिय गाैरवकाे परियाेजना १२ वर्ष बितिसक्दा पनि कसरी निर्माण गर्ने भन्ने हालसम्म टुंगाे लाग्न सकेकाे छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *