फतुवा विजयपुरको मेयर/उपमेयरमा कांग्रेस विजयी

काठमाडौँ । रौतहटको फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अन्तिम मत परिणामअनुसार मेयर/उपमेयर दुवै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

नेकपा एमाले उम्मेदवार विजय यादवलाई १ हजार ४९० मतान्तरले पराजित गर्दै कांग्रेसका गोपाल राय यादव दोस्रो कार्यकालका लागि निर्वाचित भए । उनले ४ हजार ८५१ मत पाए भने विजयले ३ हजार ६६१ मत ल्याएर पराजित भए ।

उपमेयरमा कांग्रेसकै उम्मेदवार अमवेया खातुन विजयी भएकी छन् । खातुनले निर्वमान नगर उपप्रमुख कान्ति देवीलाई १ हजार ४९४ मतान्तरले पराजित गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *