मेयर सम्हालेको दोस्रो दिनमै फिल्डमा निस्किए हर्क साम्पाङ

काठमाडौँ । धरान उपमहानगरपालिकाका नवनियुक्त मेयर हर्कराज राई (हर्क साम्पाङ) पदभार ग्रहण गरेको भोलिपल्टै खानेपानी संकटको समाधान खोज्न फिल्डमा निस्किएका छन्।

नेपाली कांग्रेस र नेकपा एमालेका बलिया उम्मेदवारलाई उछिन्दै लोकप्रिय मतसहित निर्वाचित हर्क साम्पाङ धरानको खानेपानी समस्या समाधानको खोजीमा लागेका हुन्। उनी बुधबार दिउँसो धरानमा वितरण गरिने सर्दु जलाधार क्षेत्रस्थित खानेपानीको मुहान अवलोकनमा पुगे। निजी मोटरसाइकल चढेर केही सहयोगीसहित मुहानमा पुगेका उनले त्यहाँ भएका कमजोरी सच्याउने र फोहोर गर्न नदिन निर्देशन दिएका छन्।

उनी सर्दु जलाधारको मुहान पुग्दा पाइप फुटेर पानी खोलामै बगेर गइरहेको पाइएपछि तत्कालै मर्मत गरी धरानमा पठाउन निर्देशन दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *