पराजित खड्काले आफ्ना चुनावी प्रतिबद्धता वीरेन्द्रनगरकी मेयर ढकाललाई बुझाए

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको मेयर पदमा पराजित उपेन्द्रबहादुर खड्काले आफ्ना चुनावी प्रतिबद्धता मेयर पदमा विजयी मोहनमाया ढाकाललाई बुझाएका छन्।  वीरेन्द्रनगर नगर सभापति समेत रहेका खड्काले स्थानीय तहको निर्वाचनमा पराजित पनि बुधबार आफ्ना चुनावी प्रतिबद्धता नगर प्रमुख ढकालााई हस्तान्तरण गरेका हुन्।

मेयर पदका प्रत्यासी खड्काले वीरेन्द्रनगरको विकास र समृद्धिका लागि जनतासँग गरिएका बाचाहरु कार्यान्वयन गराउनका लागि नगरप्रमुख ढकाललाई चुनावी घोषणापत्र हस्तान्तरण गरिएको बताए। उनले भने, ‘वडा–वडाबाट जनताका आवश्यकता र मागहरुलाई समेटेर हामीले घोषणापत्र तयार गरेका थियौं । घोषणापत्रमा लेखिएका विषयहरु कार्यान्वयन गर्ने ठाउँमा हामी पुग्न सकेनौं । त्यसैले यी घोषणा–पत्रमा समावेश गरिएका योजनाहरु कार्यान्वयन गराउनका लागि निर्वाचित नगर प्रमुखलाई हस्तान्तरण गरेका हौं।’

खड्काले नगरको फोहरमैला व्यवस्थापन गर्न, उत्तरी क्षेत्रका जनताका लागि स्वास्थ्य र यातायातमा सहज पहुँच बढाउन, सोतखोलामा मानव निर्मित ताल निर्माण गर्न, हरेक महिना कार्यपालिका बैठक लगत्तै नगरका गतिविधिहरुलाई पत्रकार सम्मेलनमार्फत जानकारी गराउन, घरघरमै गर्भजाँच सेवा सुरु गर्न, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई घर–आँगनमै सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य सेवा पुर्‍याउन जस्ता कुरामा नगरपालिकालाई ध्यानाकर्षण गराएका छन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *