कर्णाली प्रदेशले गणतन्त्र दिवस मनाउने

सुर्खेत । कर्णाली प्रदेश सरकारले गणतन्त्र दिवस मनाउने भएको छ। जसको लागि गणतन्त्र दिवस २०७९ समारोह समितिको गठनसमेत गरिएको छ । कर्णाली सरकारले जेठ ९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले गणतन्त्र दिवस मनाउने सम्बन्धमा विषयक पत्रमा आधारमा बैठक बसी २०७९ मा कर्णालीमा पनि दिवस मनाउन विषयमा बैठक बसेको थियो।

उक्त बैठकमा भएको छलफल विस २०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउँदै आएको सन्दर्भमा यही जेठ १४, १५ र १६ गते तीन दिनसम्म दिवस मनाउनका लागि समिति गठन गरेको छ। उक्त समितिको अध्यक्ष मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बनाएको छ।

यस्तै, सदस्य सचिवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव प्रेमप्रसाद आचार्य र अन्य सदस्यहरुमा कर्णाली प्रदेशका मन्त्री, प्रमुख सचिव, सचिवहरु रहने गरि समितिको गठन गरिएको छ ।

साथै कार्यक्रमहरुको समय तालिका पनि सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *