झापामा बसको ठक्करबाट एक जनाको मृत्यु

झापा । झापाको शिवसताक्षीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

आज बिहान पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४० प ७१४९ नम्बरको मोटरसाईकललाई को १ ख ७१८७ नम्बरको बसले शिवसताक्षी नगरपालिका–१ मा ठक्कर दिएको हो ।

बसको ठक्करबाट मोटरसाकलको पछाडि सवार भोजपुर षडानन्द नगरपालिका–८ का २३ बर्षीय टिचोहाङ राईको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक मोरङ उर्लाबारी नगरपालिका–२ का ४५ बर्षीय टेक बहादुर पुरीलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *