नबिल बैंक र चिकित्सक संघबीच बैंकिङ सेवासम्बन्धी सम्झौता

काठमाडौँ । नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टरहरू तथा कर्मचारीलाई विभिन्न बैंकिङ्ग सेवा तथा सुविधामा छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ सेवामा नेपाल चिकित्सक संघका सम्बन्धित सदस्य डाक्टर तथा कर्मचारीले देशका जुनसुकै नबिल बैंकका शाखाबाट विशेष छुट पाउने बैंकले जनाएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख बजार अधिकृत कविन्द्रप्रसाद श्रेष्ठ र नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले नबिल बैंकका प्रमुख कार्यकरी अधिकृत अनिल केशरी शाहको उपस्थितिमा हस्ताक्षर गरेका छन् ।

नेपाल चिकित्सक संघले आफ्नो स्थापनाकालदेखि नै नेपालमा स्वास्थ्य क्षेत्रको विकास र गुणस्तर पवर्द्धनम उल्लेखनीय भूमिका निर्वाह गरी चिकित्सकको पेशागत अधिकार सुनिश्चित गर्न निरन्तर अग्रसर रहेको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *