गरिमा विकास बैंकका ग्राहकले ब्लुक्रस हस्पिटलमा ४५ प्रतिशतसम्म छुट पाउने

काठमाडौँ । गरिमा विकास बैंकका ग्राहकले काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित ब्लुक्रस हस्पिटलको सेवामा विशेष छुट पाउने भएका छन् ।

सम्झौता अनुरुप, ब्लुक्रस हस्पिटलले गरिमा विकास बैंकका मोबाइल बैंकिङ तथा डेविट कार्ड प्रयोगकर्तालाई स्टान्डर्ड हेल्थ प्याकेज र वार्षिक हेल्थ स्क्रिनिङ्ग प्याकेजमा ४५ प्रतिशतसम्मको छुट प्रदान गर्ने जनाएको छ ।

साथै, अन्य स्वास्थ्य सेवाहरुमा पनि आर्कषक छुटको व्यवस्था गरेकोे छ । ग्राहकले छुट सम्बन्धी विस्तृत जानकारी बैंकको आधिकारीक वेवसाईटबाट पनि हेर्न सकिने जनाएको छ ।

हाल, यस विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय एवं ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *