दार्चुलामा बलात्कारको आरोपमा शिक्षक पक्राउ, भिडिओ बाहिरिएपछि घटना सार्वजनिक

धनगढी । दार्चुलामा नाबालिग छात्रामाथि बलात्कार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन् । जिल्लाको नौगाड गाउँपालिका–६ स्थित धुलिगडाका शिक्षक रामसिंह धामीलाई पक्राउ गरिएकाे दार्चुला प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मालिकार्जुन आधारभूत विद्यालयका कम्प्युटर विषयका शिक्षक धामीले सोही विद्यालयमा अध्यनरत १६ वर्षीया छात्रामाथि बलात्कार गरेको आरोप छ । अहिले उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । पीडित छात्राले धामीविरुद्ध बलात्कार, हाडनाता र साइबर क्राइम अपराधमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

पीडित किशोरी आरोपित धामीको छिमेकी र बहिनी नाता पर्ने पनि बताइएको छ । आरोपित शिक्षक धामीले किशोरीलाई गत वर्षको फागुनदेखि बलात्कार गर्न सुरु गरेको खुल्न आएको छ ।

यसरी भयो भिडिओ भाइरल

आफन्तका अनुसार ती शिक्षकले बलात्कार गरेपछि भिडिओ बनाएको र साेही भिडिओ देखाएर ब्ल्याकमेल गर्दै पटकपटक बलात्कार गर्ने गरेका थिए । आरोपित धामीले बनाएको भिडिओ पनि अहिले सार्वजनिक भइसकेको प्रहरीले जनाएको छ ।

यही जेठ ६ गते आरोपित धामीले उक्त भिडिओ आफ्नो एकजना साथीको पर्सनल म्यासेजमा पठाएका थिए । त्यसपछि उनका साथीले साे भिडिओ अरू व्यक्तिलाई सेयर गरेका थिए ।

यसरी सेयर हुँदै गएपछि भारतको बेङ्गलोरमा बस्ने एकजनाले फेसबुकमा सार्वजनिक गरेका थिए । त्यसपछि यो घटना बाहिरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *