जहदा गाउँपालिकाले विपन्न र दलित महिलालाई ५ हजार सुत्केरी स्याहार खर्च दिने

विराटनगर । मोरङको जहदा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिले सुत्करी स्याहार खर्च उपलब्ध गराउने पहिलोनिर्णय गरेका छन् । गाउँपालिकाका नव निर्वाचित अध्यक्ष जितेन्द्र साहले पहिलो निर्णय नै दलित र विपन्नलाई सुत्केरी स्याहार प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेका हुन् ।

छोरी हुने विपन्न तथा दलित महिलालाई सुत्केरी स्याहार खर्चवापत ५ हजार दिने पहिलो निर्णय भएको छ।

जहदा गाउँपालिकाका जनताहरुको सामाजिक तथा आर्थिक विकासका लागि आर्थिक बर्ष २०७९/०८०मा कार्यक्रम संचालन गर्ने गरि सो निर्णय गरेका हुन् । त्यस्तै भौतिक पूर्वाधार र सरसफाई राम्रो भएको विद्यालयलाई बार्षिक ५ लाख पूर्वाधार निर्माण वापत उपलब्ध गराउने पनि निर्णय गरेको छ ।

प्रत्येक स्वास्थ्य चौकीमा महिनामा न्युनतम १ पटक भिजिटिङ डाक्टरको माध्यामबाट स्वास्थ्य सेवा पु¥याउने पनि निर्णय गरेको गाउँपालिकाले जनाएको छ । बुधबार पदभार ग्रहण गर्दै साहले महिला स्वयमसेविका अवकास हुँदा ५० हजार सुनौलो हातेमालो वापत उपलब्ध गराउने पनि निर्णय गरेको छ ।

त्यस्तै गरिब पहिचान भएका विपन्न तथा दलित गरिब परिवारलाई ३ हजार ५ सय को निःशुल्क स्वास्थ्य बिमा गराउने समेत निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *