बाँकेका आठ स्थानीय तहमा कार्यपालिका गठन हुँदै

काठमाडौँ । बाँकेका आठ स्थानीय तहमा कार्यपालिका गठन सुरु भएको छ।

मतगणनाको अन्तिम परिणाम घोषणा भएसँगै कार्यपालिका सदस्य छनोटका लागि निर्वाचन गराउन लागिएको मुख्य निर्वाचन कार्यालय, नेपालगञ्जका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए।

उनले कार्यपालिका सदस्य निर्वाचनका लागि सम्बन्धित पालिकामा सम्बन्धित निर्वाचन अधिकृतले निर्वाचन गर्ने उल्लेख गर्दै कार्यपालिका गठनपछि जिल्ला समन्वय समितिको निर्वाचन समेत हुने जानकारी दिएका छन्। कार्यपालिका सदस्य निर्वाचनका लागि सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेका छन्।

नेपालगञ्ज उपमहानगरपालिका तथा जानकी र राप्ती सोनारी गाउँपालिकामा आज मनोनयन हुन लागेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। खजुरामा यही जेठ १२ गते मनोनयन र १७ गते मतदान, राप्तीसोनारीमा ११ गते मनोनयन र १६ गते मतदान, बैजनाथमा १२ गते मनोनयन र १६ मतदान हुने ,भएको छ।

यस्तै, नेपालगञ्जमा आज मनोनयन र १६ गते मतदान, नरैनापुरमा १७ गते मनोनयन र २० गते मतदानको कार्यतालिका सार्वजनिक भएको कार्यसूची छ। कोहलपुरमा १९ गते हुनेछ। डुडुवा गाउँपालिकामा मङ्गलबार नै मनोनयन दर्ता भएको छ। कार्यपालिका सदस्यमा वडामा निर्वाचित भएका महिला सदस्यमध्येबाट तथा सिमान्तकृत–अल्पसङ्ख्यक र दलित समुदायबाट निर्वाचित गर्ने व्यवस्था छ।

कार्यपालिका सदस्यको निर्वाचनमा नवनिर्वाचित पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यले मतदान गर्नेछन्। कार्यपालिका सदस्य निर्वाचित भएपछि मात्र स्थानीय सरकारले पूर्णता पाउनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *