अजोड इन्स्योरेन्सका सीईओ खत्रीको कार्यकाल ४ वर्ष थप

काठमाडौँ । अजोड इन्स्योरेन्सले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमारबहादुर खत्रीलाई दोस्रो कार्यकालका लागि पनि सीईओमा निरन्तरता दिने भएको छ ।

कम्पनीको १५ वैशाखमा बसेको १०४ औँ बैठकको निर्णयानुसार कम्पनीका सीईओ खत्रीलाई नै दाेस्राे कार्यकालका लागि निरन्तरता दिने निर्णय भएको कम्पनीले जनाएको छ ।

सीईओ खत्रीको ४ वर्षे कार्यकाल थप गर्ने कम्पनीकाे निर्णयलाई बीमा समितिले स्वीकृत गरेपछि ९ जेठबाट खत्रीले पुनः ४ वर्ष कार्यकालका लागि सीईओको जिम्मेवारी सम्हालेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *