१५ वर्षीय किशाेरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा पक्राउ

झापा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेल रहेकाे प्रहरीले जनाएकाे छ । उनी मंगलबार दिउँसो पक्राउ परेका हुन् ।

भुजेलले ती बालिकालाई विभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगी पटकपटक करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *