तिलोत्तको मेयरमा कांग्रेसका खाँणको अग्रता

काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । ५० हजारभन्दा बढी मतको परिणाम सार्वजनिक हुँदा खाँण ९६३ मतले अगाडि रहेका हुन् ।

पछिल्लो मत परिणामअनुसार खाँणले १९ हजार ८ सय ३१ मत ल्याएका छन् भने नेकपा एमालेका मोहन चापागाईंले १८ हजार ८ सय ६८ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

उपप्रमुखमा भने नेकपा एमालेले अग्रता लिएको छ । उपप्रमुखमा एमालेकी जगेश्वरी दोब्बर मतले अगाडि छन् । अहिले तिलोत्तमा नगरपालिकाको ६, ७, १० र ११ वडा को मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *