नवनिर्वाचित मेयरको पहिलो निर्देशन- ‘राजनीतिमा लागेका शिक्षकले सात दिनभित्र राजीनामा दिनू’

काठमाडौँ । बर्दियाको राजापुर नगरपालिकाका नवनिर्वाचित मेयर दीपेश थारूले दलको कार्यकारिणी पदमा बसेको शिक्षकलाई राजीनामा दिन निर्देशन दिएका छन् । मंगलबार एक जानकारी पत्रमार्फत उनले दलको कार्यकारिणी पदमा बसेको शिक्षकलाई सात दिनभित्र राजीनामा दिन निर्देशन दिएका हुन् ।

विद्यालयको पठनपाठनमा प्रभावित हुने गरी राजनीतिमा लागेका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई पदबाट राजीनामा दिन लगाउन उनले भनेका छन् । ‘विभिन्न राजनैतिक दलमा संलग्न रही सक्रिय रूपमा राजनैतिक दलको कार्यकारिणी पदमा रही विद्यालयको पठनपाठनमा प्रभावित हुने गरी आचरण विपरीत कार्य गर्ने यस राजापुर नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई उल्लेखित पदबाट राजीनामा दिन लगाई सोको विवरण सात दिन भित्र यस कार्यालयमा पेश गर्न हुन जानकारी गरिन्छ,’ जानकारी पत्रमा भनिएका छ ।

प्रदेश सांसदबाट राजीनामा दिएर नेकपा माओवादी केन्द्रको तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका भर्खरै निर्वाचित भएका हुन् । उनी नेपाली कांग्रेसका उम्मेदवार दीपकजङ्ग शाहलाई पराजित गर्दै मेयर बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *