मलाई सम्मान समाराेहमा सहभागी बन्ने रुची छैन, म काम गर्न चाहन्छु : मेयर हर्कराज राई

सुनसरी । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राईले आफूलाई सम्मान समाराेहमा सहभागी बन्ने रुची नभएकाे बताएका छन् । अन्य जनता तथा संघसंस्थाहरूले पनि आफ्नाे भावना र चाहनाकाे ख्याल गर्ने विश्वास व्यक्त गर्दै उनले भनेका छन्, ‘मलाई सम्मान समाराेहमा सहभागी बन्ने खास रुची छैन ।’

उनले आफूले मात्रै काम गर्न चाहेकाे बताएका छन् । ‘म काम गर्न चाहन्छु,’ उनले भनेका छन् ।

उनले पदभार ग्रहण गर्दै पनि आफू बसिनरहे, बाहिर फिल्डमा जाने बताएका थिए । पदभार ग्रहण गर्दै उनले भनेका थिए, ‘म धुस्रैफुस्रै भएर पनि काम गर्छु । मलाई सुकिलाे-मुकिलाे हुनु छैन । म बस्ने हाेइन, फिल्डमा गएर काम गर्ने हाे ।’

झन्डै एक दशकयता धरानका विभिन्न सामाजिक समस्याहरूबारे आवाज उठाउँदै आएका उनी यसपटककाे स्थानीय तहकाे निर्वाचनमा फराकिलाे मतान्तरका साथ जितेका छन् । स्वतन्त्ररूपमा धरानकाे मेयरमा उम्मेदवारी दिएका उनले गठबन्धन र एमाले दुवैलाई आच्छु-आच्छु पार्दै जित निकालेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *