पूर्ववर्ती सरकारको योजनालाई निरन्तरता दिँदै सरकार

काठमाडाैँ । नेपाली कांग्रेस नेतृत्वकाे सरकारले पूर्ववर्ती सरकारले अघि बढाएकाे रेल तथा पानी जहाज चलाउने योजनालाई निरन्तरता दिने नीति तथा कार्यक्रम ल्याएकाे छ । सरकारले मंगलबार सार्वजनिक गरेकाे नीति तथा कार्यक्रम नै यसलाई राखिएकाे छ । कांग्रेसले स्थानीय तहको चुनावी घोषणापत्रमार्फत असम्भव भनेको रेल र पानी जहाजलाई कांग्रेसकै सभापतिले नेतृत्व गरेको सरकारले नीति तथा कार्यक्रममा राखेको हाे ।

देउवा सरकारले रसुवागढी काठमाडाैँसम्मको रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको छ । त्यसबाहेक वीरगन्ज-काठमाडाैँ र काठमाडाँ उपत्यकामा मेट्रो रेलको विषयमा विस्तृत अध्ययन गर्ने उल्लेख गरेको छ । नीति तथा कार्यक्रममा नेपालका नदीहरूमा आन्तरिक जल यातायातमा सम्भाव्यता पहिचान तथा विकास गरिने उल्लेख रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *