पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै अनेरास्ववियु र युवा संघको प्रदर्शन (तस्वीरहरू)

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र राष्ट्रिय युवा संघ नेपालले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुनेगरी इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो ।

निगमले पेट्रोल, डिजेल र मट्टिलेमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको जनाएको छ । अब प्रतिलिटर पेट्रोललाई १८० रुपैयाँँ पर्ने भएको छ । डिजेल र मट्टितेललाई प्रतिलिटर १६३ रुपैयाँ पर्ने र खाना पकाउने एलपी ग्यासमा पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको निगमले जनाएको छ । अब एक सिलिण्डर ग्यासका लागि १८०० रुपैयाँ पर्ने जनाएको थियो ।

प्रदर्शनलाई अनेरास्ववियु अध्यक्ष सुनिता बराल र राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले संयुक्त रूपमा सम्बोधन गरेका थिए ।

तस्वीरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *