बालेनले बनाए १९ हजारभन्दा बढीकाे फराकिलाे मतान्तर

काठमाडाैँ । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्ना प्रतिस्पर्धीसँग १९ हजारभन्दा बढीको फराकिलाे मतान्तर बनाएका छन् ।

अद्यावधिक विवरणअनुसार शाहले नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहसँग १९ हजारभन्दा बढीकाे मतान्तर कायम राखेका छन् । सिंह दोस्रो स्थानमा छिन् ।

हालसम्म १ लाख ५४ हजार ९ सय ४६ मतगणना भइसकेकाे छ । सिंहसँग शाह १९ हजार १ सय ६ मतले अघि रहेका छन् ।

शाहले हालसम्म ५१ हजार १८५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी सिंहले ३२ हजार ७९ मत पाएकी छन् ।

यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१ हजार ४९२ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seven =