लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

काठमाडौँ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ।

नेपाली कांग्रेसका उम्मेदवार सजरूद्दीन मुसलमान ८ हजार २११ मत ल्याएर नगरपालिकाको प्रमुखमा निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी जनमत पार्टीका चन्द्रकेश गुप्ताले ५ हजार ५९६ मत प्राप्त गरे।

उपप्रमुखमा भने नेकपा एमालेका उम्मेदवार कल्पना हरिजन ६ हजार १६९ मत ल्याएर निर्वाचित भएकी छन् भने उनकी प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी सबनम जहाँ शेषले ४ हजार ९०९ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *