सरकारकाे नीति तथा कार्यक्रम मन्त्रपरिषद्बाट पारित
२०७९ जेठ १० गते

काठमाडौँ । आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित भएकाे छ ।
मंगलबार बिहान बसेकाे मन्त्रिपरिषद्काे बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले बताए ।
मन्त्रिपरिषदले पारित गरेको नीति तथा कार्यक्रम आज अपरान्ह ४ बजे बस्ने संसद बैठकमा पेश हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने छिन् । जेठ १० गते अगामी वर्षको नीति तथा कार्यक्रम पेस गर्ने संवैधानिक व्यवस्था छ भने जेठ १५ गते बजेट आउने प्रचलन रहेकाे छ ।
२०७९ जेठ १० गते
प्रतिक्रिया
सम्बन्धित








