उदयपुरकाे त्रियुगामा मतदान भएकाे ११ दिनपछि शुरू भयाे मतगणना

उदयपुर । उदयपुर जिल्लामा मतदान विवादले रोकिएको त्रियुगा नगरपालिकाको मतगणना सुरु भएको छ ।

पुनः मतदान गराउने कि मतगणना गर्ने विवादमा निर्वाचन आयोगको बैठकले मतगणना गर्नु भनेर निर्णय गरेको हो । केन्द्रबाट आयोगको निर्णय मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरमा प्राप्त भएकाले मतगणना कार्य सुरु गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवाले जानकारी दिए ।

त्रियुगा नगरपालिका वडा नम्बर १२ मा मतदान विवाद हुदाँ त्रियुगा नगरपालिकाको मतगणना हुन सकेको थिएन । मतदान विवादले मतगणना प्रभावित बनेपछि निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीलाई उदयपुरको विवादको अध्ययन गर्न खटाइएको थियो ।

आयुक्त भण्डारीले उदयपुर पुगेर राजनैतिक दल, मतदानमा खटिएका कर्मचारीका साथै स्थानीयसँग राय लिएपछि आयोगले मतगणना सुरु गर्ने निर्णय भएको थियो ।

बैशाख ३० गते अपरान्ह करिव साढे ४ बजेसम्म भएको मतदानमा करिव ५४ प्रतिशत मत खसेकोमा पानी परेपछि स्थगित भएको मतदान पुन सुरु हुन नसक्दा विवाद भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *